काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई जेठ २४ गते कार्यसमिति निर्वाचन गराउन निर्देशन दिएको छ।

संघको सल्लाहकार समितिले वैशाख २९ गते बहुमत पदाधिकारीको राजीनामाका कारण विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको निर्णय गरेको पत्र समेत प्रशासनमा आएको थियो।
यसलाई आधार मानि पुनः जेठ २४ गते विशेष साधारणसभा गर्ने पूर्वसूचना अनुसार आवश्यक निर्देशन र सुरक्षा माग गर्दै अर्को पत्र पनि पठाइएको प्रशासनले परिपत्र पठाएको छ।
प्रशासन कार्यालयको संस्था दर्ता शाखाले बुधबार संघलाई पत्र पठाउँदै बहुमत पदाधिकारी तथा सदस्यहरूले राजीनामा दिएको जानकारी वैशाख १४ गते प्राप्त भएको जनाएको छ । योसँगै संघको विधानमा समेत अध्यक्ष भुवनसिंह गुरुङले अयोग्य ठहर भएको र वहुमत पदाधिकारीको राजिनामापछि उनको पद समेत गएको आशय प्रशासनले पठाएको पत्रमा भनिएको छ ।
यसैबीच, प्रबन्ध समितिले जेठ १४ गते गर्ने भनिएको विशेष साधारणसभा तथा निर्वाचन तयारीमा अवरोध भएको भन्दै शान्ति सुरक्षा व्यवस्था मिलाइदिन प्रशासनसँग निवेदन दिएको थियो ।
यससँगै प्रशासनले पाँच बुँदे निर्देशन जारी गरेको छ । जसअनुसार संघले आफ्नो विधान, प्रचलित कानुन र स्थापित प्रक्रिया अनुसार मात्रै काम गर्नुपर्नेछ । आबद्ध संस्थाहरूलाई समयमै सूचना प्रवाह गर्दै नवीकरण, आवद्धता र पुनःआबद्धता प्रक्रिया मिलाउनुपर्नेछ ।

