काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीको निर्देशनमा काठमाडौँ–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ । गत चैत्र २९ गते एक सार्वजनिक कार्यक्रममा सो कम्पनीबाट खाजा उपलब्ध गराइएको थियो । ड्राइफ्रुट्समा कीरा भेटिएको गुनासो मन्त्री चौधरी कहाँ आएपश्चत तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन गर्न निर्देशन दिएकी दिनुभएको थियो।
उक्त निर्देशनअनुसार विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले चैत्र ३० गते (सोमबार) अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएको थियो ।
त्यसपछि प्रचलित कानुनअनुसार उत्पादन रोक्का गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ । मन्त्री चौधरीले आम नागरिकको खाद्य स्वच्छताप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कुनैपनि गुनासो आए कडा कारबाही गरिने स्पष्ट पार्नु भएको छ।
