निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित


निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् ।  पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत मात्र पाए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) ४७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी रोशन दाहालले ४५२ मत पाए ।

महासचिवमा शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत पाए।