काठमाडौँ। धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विश्व आध्यात्मिक पाशुपत अभियान सञ्चालन गरिने भएको छ। नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रचार–प्रसार र पर्यटन विकास गर्ने लक्ष्यका साथ यो अभियान अघि बढाइएको हो।
अभियानअन्तर्गत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। विशेषगरी शिवरात्रि पर्वको अवसर पारेर पाशुपत क्षेत्रसँग सम्बन्धित धार्मिक गतिविधि, दर्शन तथा आध्यात्मिक कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।
यस अभियानमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा नेपालसहित भारत तथा अन्य देशका हिन्दु धर्मावलम्बी तथा पर्यटकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।