नेपाली उद्योग क्षेत्रका लागि गर्वको विषय बन्दै, Asian Batteries Ltd.ले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना उत्पादनहरू प्रस्तुत गर्दै नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउने अभियान सुरु गरेकोछ। भारतको गुजरातमा जनवरी २३, २०२६ देखि २५ जनवरी सम्म आयोजना भएको पावर अन कन्फ्रेन्समा Asian Batteries Ltd.का नेपालमै उत्पादन गरिएका विभिन्न ब्याट्रीहरू, अटोमोटिभ, सोलार, इन्भर्टर तथा औद्योगिक प्रयोजनकालागि,अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गरिएको थियो, जसले नेपाली उत्पादनहरू पनि गुणस्तर, प्रविधि र विश्वसनीयतामा अन्तर्राष्ट्रियस्तरको हुनसक्छ भन्ने सन्देश दिएको छ ।
यसपहलको उद्देश्य केवल व्यापार विस्तार मात्र नभई “मेड इन नेपाल”लाई विश्व सामु गर्वका साथ स्थापित गर्नु हो।
“हामी अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी हुनु केवल व्यवसायिक उपलब्धि होइन, यो राष्ट्रिय गौरवको विषय हो,” Asian Batteries Ltd.का प्रतिनिधिले बताए। “नेपाल पनि सक्षम उत्पादन राष्ट्र हो भन्ने सन्देश विश्वलाई दिन चाहन्छौं।”
Asian Batteries Ltd.ले आधुनिक उत्पादन प्रविधि, कडा गुणस्तर नियन्त्रण तथा दिगो अभ्यासहरू अपनाउँदै आएकोछ, जसले अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खान्छ र नेपाली सीप तथा आत्मनिर्भर सोचलाई प्रतिबिम्बित गर्छ।
नेपाल आत्मनिर्भर अर्थतन्त्र र निर्यातमुखी विकासतर्फ अघिबढिरहेको सन्दर्भमा, Asian Batteries Ltd. जस्ता उद्योगहरूले नेपालको औद्योगिक पहिचान विश्वमा मजबुत बनाइ रहेका छन्।
Asian Batteries Ltd. ले अन्तर्राष्ट्रिय वितरक, साझेदार तथा खरिदकर्ताहरूलाई नेपाली उत्पादनको शक्ति अनुभूति गर्न र सहकार्यका अवसरहरूका निम्ति आमन्त्रण गर्दछ।
Asian Batteries Ltd. नेपाल स्थित ब्याट्री उत्पादन कम्पनी हो, जसले अटोमोटिभ, सोलार, इन्भर्टर तथा औद्योगिक ब्याट्रीहरू उत्पादनगर्दछ। कम्पनी गुणस्तर, नवप्रवर्तन र नेपाली उत्पादनलाई विश्वभर प्रवर्द्धन गर्न प्रतिबद्ध छ।