सानिमा बैंकका ग्राहकहरुलाई Big Mart बचत मा आकर्षक क्यासब्याक


सानिमा बैंकले Big Mart बचत क्यासब्याक योजनाको पहिलो चरणको अपार सफलता पश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ ।

उक्त योजना अन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत Big Mart बचतमा सामान खरिद गरी भुक्तानी गर्दा दश प्रतिशत वा अधिकतम दुई सय रुपैयाँ सम्मको क्यासब्याक पाउने व्यवस्था गरेको छ । यो योजना २०८३ साल असारसम्मका लागि लागू हुनेछ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२८ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।