चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा वृहत् रैथाने कृषि मेला–२०८२ शुभारम्भ


काठमाण्डौ। “कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा: संरक्षण, प्रयोग र प्रवर्द्धनमा युवा सहभागिता” भन्ने मूल नाराका साथ माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियार को प्रमुख आतिथ्यमा चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा वृहत् रैथाने कृषि मेला–२०८२ को आधिकारिक शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।

शुभारम्भ समारोहमा सचिव दीपक खरेल, सहसचिव डा. उमेश दाहल, कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेल, र वृहत् रैथाने कृषि मेला–२०७९ का संयोजक तिलक ढकाल लगायतका विशिष्ट अतिथिहरूले कृषिजन्य विकासका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए।

कार्यक्रमले कृषि जैविक विविधता सम्बन्धमा युवाहरूको सहभागिता, संरक्षण र प्रयोगलाई अगाडि बढाउने महत्व तथा किसान समुदायका लागि भविष्यका अवसरहरूबारे निर्देशनात्मक सन्देश दिएका छन्।