काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषक राज पौडेल दोहोरिएका छन् ।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुनेगरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति गर्ने निर्णय गरेको हो।
हाल पनि उनी नै इन्स्योरेन्स कम्पनीको सीईओका रुपमा कार्यरत छन्।