![](https://economickhabar.com/wp-content/uploads/2025/01/Image-1713152461.jpg)
काठमाडौं। नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहक महानुभावहरुले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएकोछ ।
‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबीे ९रिटर्नेबल गिलासका० बोतलहरूको बिर्को मूनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन्।
कम्पनीको यो योजना मार्फत विभिन्न उपहार प्राप्त गर्न सकिनेर यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ। ‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ ।