सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त


सानिमा बैंकको सञ्चालक समितिको कार्तिक २४ गते बसेको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई २०८२ माघ १२ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष लामोे अनुभव संगाल्नु भएका छन् । हाल वहाँ सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आउनुभएका छन् ।

यसअघि पनि बैंकको दशवटा विभागमा वहाँले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुल्नु भएका थिए ।

आचार्यको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ ।

साथै, सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा संचालक समितिमा अध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ ।

यसबाहेक पनि आचार्यको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ ।

आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र मिन्ट जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गर्नुभएका थिए ।

साथै, शैक्षिक उपलब्धि मध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाईस्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गर्नुभएका थिए ।

वहाँको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।