काठमाडौँ। पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ। हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ ।
“राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वर्षा र हिमपात जारी रहेकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गर्नुभएको छ।”
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज मनाङ र मुस्ताङमा भारी वर्षा अभिलेख भएको हो । विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ।
पचास मिलिमिटरदेखि सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ ।
अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ ।
अहिले ३ः४० बजेसम्मको अभिलेख अनुसार
- डोल्पाको दुनैमा ३६,
- जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ ।
- पछिल्लो १२मा बागलुङ,
- पर्वतमा २४ मिलिमिटर,
- प्यूठानमा २१.८ मिलिमिटर,
- सिन्धुपाल्चोकमा २९.६ मिलिमिटर,
- चितवनमा २३,
- लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौँ उपत्यकामा चिसो बढे पनि वर्षा भने हल्का भएको छ । आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वर्षा र हिमपात जारी रहेकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गर्नुभएको छ ।