कुनको कतिले बढ्यो ? शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८ अंकले घटेर २४८७.१७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज हिमालयन पावर पार्टनरको शेयरमूल्य ९.९३ प्रतिशतले बृद्धि भएको छ ।

शेयर बजार घटेसँगै आज विभिन्न कम्पनीहरुको कुल तीन अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज मुक्तिनाथ विकास बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको आज १५ करोड ३० लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, नेपाल रि इन्स्योरेन्सको १३ करोड चार लाख रुपैयाँ, शिवम् सिमेन्टको ११ करोड २८ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको नौ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, कालिका लघुवित्त, इन्फिनिटी लघुवित्त, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लगायतका कम्पनीहरुको शेयरमूल्य आज सर्वाधिक बृद्धि भएको छ ।