किसानद्वारा उत्पादीत खाद्यन्न, तरकारी, दुध लगायतका खाद्य बस्तुको सहज विक्री वितरणको लागि राष्ट्रिय कृषक समूह महासंघ नेपालको अनुरोध


Gen Z पुस्ताको आहवानमा भएको आन्दोलनले हिंसात्मक रुप लिंदा २० जना भन्दा बढिको ज्यान गएको छ भने सयौ घाईते साथै खरबौका भौतिक संरचनाहरुमा भएको आगजनीको घटना प्रति राष्ट्रिय कृषक समूह महासंघ नेपाल गहिरो दुःख व्यक्त गर्दछ । विषम परिस्थितीमा धर्याता सहित सामाजिक सद्भाव कायम गर्न सबैमा अपिल गर्दछ।

सत्ता परिवर्तसंगै देशको बेतिथि, बेरोजगारी, सुशासन, वातावरणीय सवाललाई लिएर देशका नागरीक खासगरी युवा पंक्तिले गरेको मागलाई सम्बोधन गर्दै समाजमा रहेका गरिवी, श्रमजीवि किसानको सवाल, उनीहरुको दैनिकीमा रुपान्तरण एवं सामाजिक न्यायको लागि सदुपयोग गरिनेछ भन्ने विश्वास साना किसान वर्गले लिएका छन् ।

यस विषम परिस्थितिमा करिब दुईतिहाई जनसंख्याको जीविकोपार्जन, आम नेपालीको खाद्य अधिकार र खाद्य सुरक्षासंग जोडीएको कृषि पेशाको दैनिकी, किसानद्वारा उत्पादीत खाद्यन्न, तरकारी, दुध लगायतका खाद्य बस्तुको सहज विक्री वितरणको लागि स्थानीय समुदाय, संघ संस्था एवं सरोकारवाला निकायहरुसंगको समन्वयमा कृषि उत्पादन र खाद्यन्न आपूर्तिको प्रणालीको चेनको कार्यशीलता मार्फत कृषि बजार एवं बजारीकरण संजाललाई सुचारु राखी तरकारी र खाद्य सामाग्री आयात तथा निर्यातलाई निर्बाध रुपमा संचालन गर्न आवश्यक व्यवस्था साथै उत्पादक किसानहरुको विक्री वितरणको सुनिश्चितता एवं नागरीकको स्वस्थ खाद्य वस्तुको उपभोग अवस्थामा विशेष ध्यान दिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।

साथै महासंघका तहगत संरचनालाई आवश्यक सहजीकरणको लागि हार्दिक अनुरोध गर्दछ।