सरिता ईभेन्टस आयोजित ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’ सम्पन्न


निराज रानाभाट, चितवन। सरिता ईभेन्टसको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दिनमा चितवनको भरतपुर महानगरपालिका -२६, ज्योतिनगर हाटबजार परिषरमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’ सम्पन्न भएको छ।

उक्त कार्यक्रममा सरिता ईभेन्टसकी अध्यक्ष सरिता आचार्यको सभाध्यक्ष रहेको थियो, भने भरतपुर महानगरपालिका वडा नम्बर-२६ का वडा अध्यक्ष ज्ञान प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो।

उक्त कार्यक्रमको विशिष्ट अतिथमा भरतपुर महानगरपालिका वडा नम्बर-२६ की महिला वडा सदस्य सावित्री कोइराला ढकाल, भरतपुर महानगरपालिका वडा नम्बर-२६ कै सचिव, रामकृष्ण ढकाल, वडा सदस्य प्रकाश सुवेदी, वडा सदस्य रामकृष्ण चौधरी, वडा सदस्य सीता दर्जी, भरतपुर महानगरपालिका वडा नम्बर-२३ वडा अध्यक्ष दिपक दवाडी, उद्योग परिसंघ महिला समिति (वाग्मती प्रदेश)की अध्यक्ष चन्दना कोइराला, ज्योतिनगर बजार व्यवस्थापन समितिका अध्यक्ष प्रेमकान्त सापकोटा, ज्योतिनगर हाटबजार समितिका अध्यक्ष राजु श्रेष्ठ र इलाका प्रहरी कार्यलय चनौलीका प्रमुख उपस्थित रहेका थिए ।

उक्त कार्यक्रमको अतिथिमा सामाजिक विकास मन्त्रालय प्रदेश बाल अधिकार समितिकी सदस्य मन्जु खाँड ठकुरी, महिला उद्यमी प्रबर्द्धन समितिकी अध्यक्ष अस्मिता तिमिल्सिना रिजाल, जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्टकाे प्रबन्ध निर्देशक तथा सम्पादक निराज रानाभाट, कल्पु कलेक्सनकी प्रोपाइटर कल्पना खड्का पौडेल, रोशन होमियोप्याथिक फार्मेसीको प्रोपाइटर राम प्रसाद ढकाल, होटल व्यवसायी चितवनको अध्यक्ष तथा होटल जमघटका प्रोपाइटर लोकनाथ भट्ट (कृष्ण), ग्यालेक्सी गार्डेन रिसोर्टका प्रबन्ध निर्देशकका नवीन कँडेल, समाजसेवी रामचन्द्र सापकोटा, प्रोफेसर तथा समाजसेवी लता खड्का, ज्योतिनगर प्रहरी बिट प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको भरतपुर महानगरपालिका २६ नं. वडा कार्यालय संरक्षकको रुपमा रहेको थियो, भने सह-आयोजकमा ज्योतिनगर बजार व्यवस्थापन समिति र ज्योतिनगर हाटबजार व्यवस्थापन समिति रहेका थिए।

उक्त कार्यक्रममा चन्द्रा अर्याल, गायक अनिल सुनार, गायक सुमन रोक्कालगायतको विशेष साँस्कृतिक प्रस्तुति रहेको थियो ।

त्यस्तै, उक्त कार्यक्रममा खुल्ला तीज नृत्य प्रतियोगिता समेत भएको थियो, जसमा मिलन इग्लिस बोडिङ स्कुल प्रथम, सन्ध्या चौधरी / रचना सुनार दोस्रो, सिम्रन सुवेदी तेस्रो र रसिका ढकाल सान्त्वना भएकी थिईन् ।

नृत्य प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः ५ हजार, ३ हजार, २ हजार, १ हजार नगद पुरस्कारसहित प्रमाण – पत्र समेत प्राप्त गरेका छन् ।

यस्तै, उक्त कार्यक्रमको प्रायोजकमा आरती ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, प्रकृति कपास उद्योग, होटल जमघट र सोफा हव चितवन रहका थिए, भने सह – प्रायोजकमा बिमला ब्युटी पार्लर, लम्साल इन्टरप्राइजेज्, रोशन होमियोपैथिक, अर्भिक ईन्टरप्राइजेज्, कृष्ण मोबाइल हाउस, शुभ श्री मोबाइल पोइन्ट, ब्युटी लुक्स पार्लर, आवर बेकरी, मनाङ चामल, किलियर भिजन अप्टिकल हाउस, कल्पु क्लेक्सन, एभरेष्ट ट्राभल तथा कुरियर सेवा, बी – हेन्सी टेलरिङ एण्ड सटिङ सुटिङ सेन्टर र ग्यालेक्सी गार्डेन रिसोर्ट रहेका थिए । साथै, उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जन अपडेट डटकमलगायतका मिडिया रहेका थिए ।