बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकको सरुवा


काठमाडौं। देशमा दलाल, बिचौलिया र माफियाहरुले कसरी शासन चलाउँछन् भनेर हेर्न मन लागे बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरुवा भएको छ।

बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको विभागले पछिल्लो समय कन्सल्टेन्सीमाथि कडा अनुगमन गरिरहेको थियो। कन्सल्टेन्सीका मालिकहरुले बाणिज्य तथा आपूर्ति मन्त्रीसँग सेटिङ हानेपछि महानिर्देशक दाहालको रातारात सरुवा गरिएको हो।

सरकारले हिजो दाहालको सरुवा गरेको हो । दाहाल गत फागुन २१ गते मात्रै विभागमा पुगेका थिए।

पाँच महिनाको अवधीमा नेपालका सबै शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)हरुलाई कानुनको दायरामा ल्याउन खोजेका थिए।

दाहालको एक्सनपछि कन्सल्टेन्सी सञ्चालकहरुले उच्च स्तरीय सेटिङ हानेर सरुवा गर्न भ्याएका हुन्।

उपभोक्ताको हितमा काम गर्न भनेर स्थापना भएको संस्था लामो समयदेखि सुतेर बसिरहेको थियो ।

दाहालको इन्ट्रीसँगै जुर्मुरामएको विभागले बाँकी अनुगमनको काम कसरी गर्छ त्यो प्रतिक्षाको बिषय बनेको छ।