काठमाडौं। चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा रहेको ‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक गरिएको छ।
उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ। उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत रहेको छ।
उक्त गीतको भिडियो निर्देशन तथा कोरियोग्राफर स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले गरेकी छिन्।
गीतको भिडियो छायांकन अजय रेग्मीले गरेका छन्, भने उक्त गीतको भिडियोमा स्मृति तिमिल्सिना ‘गुरुआमा’ को अभिनय देख्न सकिन्छ। उक्त गीतको एरेन्ज विश्वास नेपालले गरेका छन्।
त्यसैगरी, उक्त गीतको भिडियो सम्पादन नविन घर्ति मगर गरेका छन्। उक्त गीत मारुनी डिजिटल स्टुडियोबाट रेकर्ड गरिएको हो, भने रेकर्डिष्टमा खुमन राना र सुमन राना रहेका छन्। उक्त गीतको मिश्रण / मास्टरिङ कुमार रानाले गरेको छन्।
त्यस्तै, उक्त गीतमा मिडिया पार्टनरको रुपमा जन अपडेट डटकम रहेका छन् ।
उक्त गीतको भिडियो कमला पोख्रेलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो लिन्क ;