फोर्स गाडीमा ठगीए हलेसि यातायातका ब्यवसायिहरु, आधिकारिक वितरक आयामसंग पीडित व्यवसायीको क्षतिपूर्ति माग


काठमाडौं, दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि. र अन्य यातायात व्यवसायीहरूले फोर्स कम्पनीको गाडी खरिदपछि निरन्तर प्राविधिक समस्या देखिँदा व्यवसाय नै गुमाउनुपरेको भन्दै आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.सँग तत्काल क्षतिपूर्ति माग गरेका छन्।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव देवान राईले गाडी किनेको एक महिनामै इन्जिन सिज हुने, टायर गुड्दै गर्दा फुस्किने, महँगो र कमजोर पार्टपुर्जाका कारण करोडौंको आर्थिक क्षति भएको बताए।

व्यवसायीहरूले ग्यारेजमा थन्किएका गाडीको पूर्ण क्षतिपूर्ति, सम्पूर्ण पीडितको पहिचान, प्राविधिक त्रुटिको सार्वजनिक स्वीकारोक्ति र दोषी कम्पनीमाथि कारबाहीको माग गरेका छन्।

उक्त कार्यक्रममा दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि.का अध्यक्ष हरिवहादुर राईको अधक्ष्यता कार्यक्रम संचालन भएको थियो । समाजसेवी रमेश पाैडेलबाट जनता ठगिने माध्यम हरुलाई जरैदेखि हटाउनु पर्नेछ यसमा सबै मिलेर अघि बढनु अाजकाे अावश्यकता रहेको छ, पाैडेलले बताउनु भयाे।

महासचिव देवान राईले राज्यको तर्फबाट पनि सम्बाेधन हुनुपर्ने बताउनु भयो। हाम्रो माग सम्बाेधन नभएमा अझ शशक्तरुपमा आन्दोलनमा जाने धारणा ब्यकत गर्नुभयाे।

फोर्स कम्पनीको गाडी खरिदपछि निरन्तर प्राविधिक समस्याको प्रेेस विज्ञप्ति तल दिएको छ।