प्रथम राष्ट्रिय कोदो दिवस अवसरमा लमजुङमा विशेष कार्यक्रम सम्पन्न


लमजुङ। मन्त्रिपरिषदको आ.व. २०८२/ ३ /२३ गते बसेको निर्णयअनुसार, यस वर्ष राष्ट्रव्यापी रूपमा श्रावण १६ गते “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाईएको छ।


यसै अवसरमा, लमजुङ कृषि क्याम्पसको सहकार्यमा खाद्यका लागि कृषि अभियान, सामुदायिक रूपान्तरणका लागि युवा
नेपाल, र सुन्दरबजार नगरपालिकाको संयुक्त आयोजनामा लमजुङ क्याम्पस परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

कृषि, आहार तथा सांस्कृतिक विविधताको उत्सवस्वरूप आयोजना गरिएको उक्त कार्यक्रममा सुन्दरबजार नगरपालिकाका
प्रमुख तथा उपप्रमुख लगायत विभिन्न शाखाका प्रमुखहरु, ज्ञान केन्दका प्राविधिक, बेशीसहर नगरपालिकाका कृषि प्राविधिक, खाद्यका लागि कृषि अभियानको संयोजक सहित सचिवालयका सदस्यहरु, पारिवारिक नीजि वन संघका जिल्ला
सचिव र पूर्व अध्यक्ष, सामदायिक वन उपोभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य, स्थानीय किसान, कृषि सहकारी तथा किसान समूहका प्रतिनिधीहरु, विद्यार्थी, प्राध्यापक, पत्रकार, तथा अन्य सरोकारवाला गरी करिब ३०० जनाको सक्रिय सहभागिता रहेको थियो।


कार्यक्रमकाे सरूवात सामुदायिक रूपान्तरणका लागि युवा नेपालका अध्यक्ष समन्वय निरौलाले स्वागत मन्तव्य राख्दै क्याम्पस परिसरमा रहेको खेतमा कोदो रोपाइँ गरेर गरिएको थियो

त्यसपश्चात, क्याम्पस सभाहलमा सुन्दरबजार
नगरपालिकाकी कृषि प्राविधिक अस्मिता सापकोटाले कोदो विशेष प्रस्तुती गर्नुभएको थियो, जसमा कोदो खेतीको महत्व र पालिकामा कोदो खेतीको अवस्था तथा तत्थ्यांकहरु समेटीएका थिए। प्रस्तुती पश्चात अतिथिहरुको मन्तव्य सहित
औपाचारिक कार्यक्रम समापन गरिएको थियो।

कार्यक्रममा बोल्दै सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोईरालाले रैथाने बीउहरु हराउँदै गएकाले संरक्षणमा गम्भिर चुनैति रहेको उल्लेख गर्नु भएको थियो।


त्यस्तै, खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले नेपालको समृद्ध खाद्य परम्परामा कोदोलाई पुनःस्थापित गर्दै यसका बहुआयामिक उपयोगिता जसमा पोषण, जलवायु सहनशीलता र स्थानीय अर्थतन्त्र सुदृढीकरण जस्ता पक्षहरू समेटिएका छन्न, यसप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य सहित यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो।

कायक्रमका सभाध्यक्ष, कार्यक्रम आयोजक कमिटी संयोजक प्रदिप सापकोटाले रैथाने बाली संरक्षणमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको कुरालाई जोड दिनु भएको थियो।


औपचारिक कार्यक्रम पश्चात विद्यार्थीहरूले ‘कोदोक्सी’ नामक नाटक प्रस्तुत गरेका थिए, जसमा कोदाजन्यबालीका परिकारको विविधीकरणलाई युवा उद्यमशिलतासँगको सम्भावनालाई जोडिएको थियो। कोदोको विभिन्न परिकारहरु मध्ये रक्सिलाइ अन्तराष्टियकरण गरि मूल्य श्रृंखला वृद्धि गर्न सकिने कुरालाई नाटक मार्फत प्रस्तुति गरिएको थियो। नाटक सहित विद्यार्थीहरुले साँस्कृतिक नृत्य तथा गायन पनि प्रस्तुत गरेका थिए।

यी सँगै, क्याम्पस प्रांगणमा विविध प्रदर्शनी स्टलहरू स्थापना गरिएका थिए, जसमा वैकल्पिक कृषि प्रविधि, स्थानीय तथा रैथाने बीउबिजन, जानकारीमूलक पोस्टर, चित्रकलाका सामग्रीहरू, तथा कोदाजन्य परिकारहरूको प्रदर्शन तथा खाजाको व्यवस्था गरिएका थियो।


कार्यक्रमको अन्त्यमा, विभिन्न रैथाने बाली, बीउबीजन तथा माटाेको महत्व झल्काउने नारा तथा पोस्टर सहित सुन्दरबजार परिक्रममा गरिएको थियो ।