ईकोनोमिक खबर, काठमाडौं।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१।७३ बिन्दुले वृद्धि भई एक हजार २९९। ४१ बिन्दुमा पुगेको छ। प्रतिशतका आधारमा हेर्दा सोमबार बजार १।७० प्रतिशतले वृद्धि भएको हो।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५।०१ अंकले बढेको छ। सेन्सेटिभ परिसूचक भने १।८३ प्रतिशतले वृद्धि भएको छ। उच्च अंकले नेप्से परिसूचक वृद्धि भएपनि कारोबार रकम भने सोही अनुसार वृद्धि हुन सकेन। कूल १७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर ६३ करोड ३६ लाख ५३ हजार ५२९ मूल्यमा कारोबार भयो। स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह मध्ये सोमबार अन्य उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर वृद्धि भएको छ। अन्य उपसमूह ०।८५ बिन्दुले घटेको छ। बैंकिङ २९।६१, व्यापार १०।३५, होटल १९।८४, विकास बैंक १५।८६, जलविद्युत ३।३६, वित्त १।७६, निर्जीवन बीमा ४।६६, उत्पादन ७३।३६, लघुवित्त १०।१७ र जीवन बीमा ७५।६९ बिन्दुले बढेका छन्। स्टकका अनुसार कारोवारका आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। प्रतिकित्ता ३८८ मा चार करोड ९४ लाख १५ हजार १५२ मूल्यमा शिवमको कारोवार भयो। यस्तै जनता बैंकको तीन करोड ८६ लाख ५४ हजार ६७८, नेपाल बैंक लिमिटेड तीन करोड ८५ लाख ५२ हजार ३५९, एनएमबी बैंक तीन करोड १० लाख १४ हजार ३७७, प्रभु बैंक दुई करोड ४० लाख ९४ हजार नौ, नेको इन्स्योरेन्स दुई करोड दुई लाख एक हजार ८५८ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे। स्टकका अनुसार सोमबार साल्ट ट्रेडिङ लिमिटेडका शेयरधनीले ९।७८ प्रतिशतले कमाए। मल्टीपर्पोज फाइनान्स कम्पनी ९।७०, शिवम सिमेन्ट ८।३८, मेगा बैंक ६।४, बैंक अफ काठमाडौँ ५।४५, एशियन लाइफ इन्स्योरेन्स ४।६०, जनता बैंकका शेयर धनीले ४।५२ प्रतिशतले कमाएका छन्। त्यस्तै पाँचथर पावर कम्पनीका शेयरधनीले ६।२७ प्रतिशतले गुमाए। मिर्मिरे लघुवित्त वित्तीय संस्था ५।५९, यूनिभर्सल पावर कम्पनी ३।१२, सिदार्थ इक्विटी फण्ड २।८३, आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले २।३९ प्रतिशतले गुमाए।