जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने,


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताउनुभएको छ । 
प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न तथा जलवायु अनुकुलित विकास प्रक्रियालाई अवलम्बन गर्न सरकारले राष्ट्रिय अनुकुलन योजना २०२१–२०५० र पेरिस सम्झौता बमोजिम राष्ट्रिय रुपमा निर्धारित योगदान तर्जुमा गरी लागू गरिरहेको बताउनुभयो ।

सांसद कालुराम राईको प्रश्नको सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन र जैविक विविधता संरक्षणको विषय सोह्रौं योजनामा विशेष रुपमा सम्बोधन गरिने उल्लेख पनि गराउनुभयो ।