मधेश प्रदेशमा खडेरीका कारण धेरै किसानले धान रोप्न नपाएपछि मर्कामा परेका कृषकहरुका लागि संघीय सरकारले विषेश कार्यक्रम ल्याउने तयारी गरेको छ ।
मधेश प्रदेशलाई प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरिसकेको छ भने संघीय सरकारले पनि विषेश कार्यक्रम ल्याउन लागेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिनुभयो।
आज विहान ११ बजेपछि बस्ने मन्त्रीपरिषद्को बैठकले मधेश प्रदेशका खडेरी पिडित कृषकहरुका लागि केही न केही निर्णय हुने जानकारी दिनुभयो ।
उहाँले मधेश प्रदेशमा खडेरी परेकाले धेरै किसानहरुले धान रोप्न नपाएको र किसानहरु मर्कामा पर्नुका साथै अन्नको अभाव हुने भएकाले संघीय सरकारले केही विषेश कार्यक्रम ल्याउनु पर्ने प्रस्ताव आफूले राखेको उहाँको भनाई छ ।