अवुधाबी। नेपालले साउदी अरेबियासँग एक महिनाभित्रै श्रम सम्झौतालाई अन्तिम रूप दिन प्रस्ताव गरेको छ।
युएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’मा सहभागी हुन पुगेका दुबै देशका श्रम अधिकारीहरूको ‘साइडलाइन’ बैठकमा साउदी अरेबियाले एक महिनाभित्रै श्रम सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउने आश्वासन दिएको छ।
विगत ८ वर्षदेखि नेपाल साउदी अरेबियासँग श्रम समझदारी गर्ने प्रयासमा रहेपनि सफल भएको थिएन। साउदी अरेबियाले श्रमिकको हितको विषयमा नेपालले गरेका थुप्रै प्रस्ताव स्वीकार नगर्दा सहमति जुट्न सकेको छैन।
नेपाल र साउदी अरेबिया बिचको ‘sideline meeting’ नेपालले गरेका प्रस्तावहरु निम्न छन:
-प्रस्तावित सम्झौतालाई अन्तिम रुप दिई १ महिना भित्र हस्ताक्षर गर्ने अवस्थामा पुर्याउने।
-साउदी अरेबियासँग सीपमुलक जनशक्ती उत्पादनका निम्ति तालिम केन्द्र स्थापना गर्न हाल सालै प्राप्त सहयोगलाई निरन्तरता दिने एवं भाषा र सीप जानेका श्रमिक उत्पादनमा सहकार्य गर्ने।
-कफाला प्रणाली एवं बिभिन्न कारणले मृत्यू भएका श्रमिकको Dead Body छिट्टै नेपाल सम्म पठाउन सक्ने गरी सहजीकरण गर्ने।
-नेपाली श्रमीकहरुले एजेन्ट मार्फत गएर वा Supply Company मा गएर काम नपाउने अवस्थाको निरुत्साहित गर्ने।
-प्रस्तावित सम्झौतामा स्वच्छ भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बिमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयहरुको सम्बोधन गर्ने।
-अब GCC मुलुकको Private Sectorहरुबाट दक्ष जनशक्तीहरुको माग बढ्दै गएको हुँदा सीपयुक्त जनशक्ती विकासको लागि Labour receiving country labor sending country बीच सहकार्य गर्ने।
-रोजगारका अवसरहरुमा महिलाको सहभागिता सुनिश्चित गर्न Hospitabliity care giver health workforce लगायतका क्षेत्रमा सुरक्षित र सम्मानित अवसरहरुलाई बढावा दिने।
-Labor Sectorको सम्पुर्ण गुनासो सम्बोधन Salary theft, Banking system, Health informationपुर्व प्रस्थान अभिमुखिकरण सीपयुक्त तालिम लगायतका सम्पुर्ण कार्यहरुलाई Digitalizaton गर्दै लैजाने विषयमा दुवै पक्षविच छलफल भएको बताएका छन।
साउदी अरेबिया घरेलु श्रमिकको लागि पनि छुट्टै श्रम समझदारी गर्ने अडानमा बस्दा विगतमा श्रम समझदारी हुन सकेको थिएन । साधारण श्रमिकको हकमा मात्रै श्रम समझदारी गर्न साउदी धेरै वर्षअघि तयार भएको थियो । तर, नेपाली पक्षले श्रमिकको हित सुनिश्चित हुने गरी श्रम समझदारी हुनुपर्ने अडान राखेपछि साउदी अरेबियाले सम्झौता टार्दै आएको थियो।
नेपालतर्फका प्रतिनिधि मन्डलबाट साउदीका प्रतिनिभि विच सम्बोधन गर्न स्वच्छ भर्ना प्रणाली’ सहित सामाजिक सुरक्षा, कार्य घण्टा, बीमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयहरूमा नेपालको विशेष आग्रह गरेको छ।