काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.५० अङ्कले घटेर २ हजार ८५.८२ मा सीमित भएको छ।
ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले ओरालो लागेर ३ सय ७४ दशमलव ७५ मा सीमित भएको छ।
कारोबार भएका कुल १३ उपसमूह मध्ये आज ३ उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।
विभिन्न कम्पनीका १ करोड ५ लाख ७१ हजार एक सय ९९ कित्ता शेयर रकम जम्मा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार चार सय ७२ मूल्यमा खरिद बिक्री भएका छन्।
कारोबारका आधारमा हिमालयनल रिइन्स्योरेन्स शीर्षस्थानमा छ। सो कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार तीन सय ६८ बराबरको रकम कारोबार भयो।
एनआरएन इन्स्फास्ट्रचर १२ करोड चार लाख ३४ हजार चार सय ३७, हिमालयन डिस्टिलरी नौ करोड २३ लाख २६ हजार तीन सय ८८, एनआइसी एसिया बैङ्क आठ करोड ४२ लाख चार हजार तीन सय ३२ र हाथवे इन्भेस्टमेन्ट आठ करोड ३० लाख ७७ हजार सात सय तीन मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार समाज लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्रिशूली जलविद्युत् कम्पनी ६.४१, दोर्दीखोला जलविद्युत् कम्पनी ५.०८ र मायाखोला हाइड्रोपावरका लगानीकर्ताले ४.९० प्रतिशतले कमाएका छन् ।
एनआइसी एसिया ग्रोथ फण्ड दोस्रो १०, युनिलिभर नेपाल ७.१४, गुराँस लघुवित्त ७.१३, गणपति लघुवित्त ४.६६ र किसान लघुवित्तका लगानीकर्ताले ४.४७ प्रतिशतले गुमाएका छन्।