१०३ओैं अन्तराष्ट्रिय सहकारि दिवसको अवसरमा आयोजित कार्यक्रम सम्पन्न


नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड ललितपुरको आयोजनामा  नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा मनाङ होटल, काठमाडौंमा दुई दिने “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठी २०८२” सम्पन्न भयो।

१०३ओैं अन्तराष्ट्रिय सहकारि दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता नेपाल पर्यटन केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद रिजालले गर्नु भएको थियो, क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठीको सञ्चालन महासचिव तेज बहादुर बोहोराले गर्नु भएको थियो । यस कार्यक्रममा मन्तव्य संघका सञ्चालक रुपेश तिमिल्सिनाले गर्नु भएको थियो।

पहिलो दिनको उद्घघाटन कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी र माओवादी केन्द्र सहकारी विभाग प्रमुख लिलामणि पोखरेल विशेष अतिथि थिए।

अन्य वक्ताहरूमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेत, सहकारी विभागका उप–रजिस्ट्रार शशि कुमार लम्साल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे अतिथि रहेका थिए।

नेपाल पर्यटन बोर्ड पुर्ब सदस्य तथा दिगो पर्यटन सहकारी अध्यक्ष राजेन्द्र प्र सापकोटा टान अध्यक्ष सागर पाण्डे तथा नाराका पुर्ब अध्यक्ष शिव अधिकारीले शुभकामना मन्तब्य दिनु भएको थियो।

दुई दिने तालिममा सहकारीकर्मिको पर्यटनको  माध्यमबाट सहकारीलाई आर्थिक, सामाजिक रूपमा समृद्ध बनाउने उधेश्य लिइएको छ। नेपाल  पर्यटन केन्दि्य सहकारी संघले सहकारी मार्फत् पर्यटन व्यवसायको प्रवर्द्धन, स्थानीय गन्तव्यको पहिचान र सामुदायिक संलग्नता सामाजिक सहयोगमा विस्तार, सामाजिक कार्यमा योगदान पुर्‍याउँदै आएको छ।

१०३ओैं अन्तराष्ट्रिय सहकारि दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको मुख्य उद्देश्य पर्यटन सहकारि संस्थामा आवद्द सहकारिकर्मीहरुको नेतृत्व तथा क्षमता विकास गरि आत्मनिर्भर हुँदै सहकारिको माध्यमवाट पर्यटनको बिकासमा योगदान पुर्याउने रहेको छ।

उक्त कार्यक्रमको समापन नेपाल पर्यटन केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद रिजालले गर्नु भएको थियो।

उक्त कार्यक्रम एक सय पचास जना सहकारीकर्मिले दुई दिने “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठी २०८२” मा सहभागी  भएका थिए।