ईकोनोमिक खबर,काठमाडौँ।
यसबर्ष धेरै कम्पनिका शेयर बजारमा आउने भएका छन। सरकारले नेपालको पानि जनताको लगानी भन्ने नारालाई अघि बढाउदै हरेक नेपाली शेयरमा लगानी गर्ने बातावरण बनाउदै लगेको पाईन्छ। जनतामा शेयर लिने क्रम अत्याधिकरुपमा वृद्धि भएको जानकारहरु बताउछन। जलविद्युत, लघुवित्त, बैंकमा अहिले शेयरमाग भन्दा आवेदनको रेसियो ज्यादै बढि रहेको छ। यसैक्रममा दुई लघुवित्त संस्थाले एकै दिनदेखि साधारण शेयर बिक्री गर्नेगरी तयारी गरेका छन्।। जसमा जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले यही वैशाख २७ गतेदेखि साधारण शेयर बिक्री गर्ने तयारीका साथ आज विवरण सार्वजनिक गरेका हुन्।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर निस्काशन
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि यही वैशाख २७ गतेदेखि नै रु १ करोड ९८ लाख ६१ हजार बराबरको एक लाख ९८ हजार ६१० कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ। जारी पूँजीको ०.५ प्रतिशत अर्थात तीन हजार ९३ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। यस्तै कूल बिक्री गर्न लागिएको शेयरको ५ प्रतिशत अर्थात ९ हजार ९३० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
शेयर आवेदनका लागी न्यूनतम १० कित्ता र अधिकतम ५००० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने आज प्रकाशित सूचनामा उल्लेख छ। सो संस्थाको शेयर छिटोमा यही वैशाख ३१ गते र ढिलामा आगामी जेठ २६ गतेसम्म बिक्री गरिने विवरणमा समावेश छ।
जनसेवी लघुवित्त वित्तिय संस्थाले ४ लाख ३२ हजार ९९० कित्ता साधारण शेयर जारी
जनसेवी लघुवित्त वित्तिय संस्थाले ४ लाख ३२ हजार ९९० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ। सो संस्थाले आज एक सूचना प्रकाशित गरी जारी पूँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँको ३२.१० प्रतिशतले हुन आउने ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० दरका शेयर बिक्री गर्न लागिएको जनाएको छ। उक्त परिमाणको ५ प्रतिशतले हुन आउने २३ हजार १६५ कित्ता शेयर सामूहिक लगानी कोष र ७ हजार १४५ कित्ता शेयर संस्थाका कर्मचारीका लागि बिक्री गर्न लागिएको बताए।
जनसेवीको शेयर यही वैशाख २७ गतेदेखि बिक्री हुनेछ। छिटोमा वैशाख ३१ गते र ढिलोमा आगामी जेठ २६ गतेसम्ममा शेयर बिक्री गरिने जनाएको छ। न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइने ब्यवस्था गरिएको जनाए। सो संस्थाको शेयरलाई इक्रा नेपालले गरेको वित्तीय विश्लेषणमा आर्थिक अवस्था औसतभन्दा तल रहेको जनाइएको छ। पर्वत जिल्लालाई आधार बनाएर स्थापना भएको संस्थाले म्याग्दी, बाग्लुङ, गुल्मीमा सेवा दिइरहेको छ।