५० औं वार्षिकोत्सवमा श्रेष्ठ टेलरिङ सेन्टर


नेपालको पहिलो आईएसओ मान्यता प्राप्त श्रेष्ठ टेलरिङ सेन्टरले आफनो ५०औ बार्षिकोत्सव मनाएको छ। आईएसओ मान्यता प्राप्त नेपालमा श्रेष्ठ टेलरिङ्ग एकमात्र हो ।

वि.सं २०३१ सालमा एउटा सानो काेठा बाट शुरूवात भएको थियोे ।

बितेका ५० वर्षमा लाखौं सन्तुष्ट ग्राहक मात्र बनाएको छैन, बागबजारमा मुख्य शोरुम सहित मैतीदेवी, चावहिल, त्रिपुरेश्वर, चुच्चेपाटी, धुम्बाराही लगायतका स्थानमा  शाखा खोलेर ग्राहकलाई सेवा दिँदै आएको छ।

बढ्दो बेरोजगारी समस्यालाई केही हदसम्म समाधान गर्नेतर्फ पनि श्रेष्ठ टेलरिङ्ग सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गरेको ४० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी र ६० जनालाई प्रत्यक्ष-अप्रत्यक्ष रोजगार सिर्जना गरिएको छ भने देशको अर्थतन्त्रलाई मजबुत बनाउने र कर बृद्धिमा सहयोग पुऱ्याएको छ।

हरेक किसिमका ग्राहकलाई एउटै छानामुनी ग्राहकको रोजाई र चाहना बमोजिमका सर्टिङ्ग सुटिङ्ग र टेलरिङ्ग सेवालाई सधैँ उच्च प्राथमिकतामा राखेका छन ।

श्रेष्ठ टेलरिङका संस्थापक बाबुकाजि श्रेष्ठका अनुसार श्रेष्ठ टेलरिङमा आउने हरेक किसिमका ग्राहकले आफ्नो बजेटका आधारमा चाहेको जस्तो ब्राण्डेड कपडा र उच्चस्तरीय गुणस्तरको सिलाई पाउन् भन्नेमा हामी सचेत र प्रतिवद्ध छौं, उनलेे भने।

संस्थापक बाबुकाजि श्रेष्ठले जुनसुकै चाडपर्व, शुभकार्य र सामाजिक कार्यहरुमा जुनसुकै उमेर समूहका लागि चाहिने पोशाकका साथै कुनैपनि विद्यालय, कलेज तथा कार्यालयका लागि पोशाक खोज्दै ग्राहकहरु धेरैतिर भौतारिनु नपरोस् भन्ने अभिप्रायका साथ हरसम्भव आफनै छानामुनी सम्पूर्ण सर्टिङ्ग-सुटिङ्ग र टेलरिङ्गको सेवा ब्राण्डेड कपडाका साथ उच्चस्तरीय सिलाईमा उपलब्ध गराउन हामी सदा झैँ प्रतिवद्ध रहेको कुरा ५० औं वार्षिकोत्सवका अवसरमा धन्यवाद ब्यक्तगर्नुभयो।

साथै ५० औं वार्षिकोत्सवका अवसरमा डचमिडिया प्रालि लगायत विभिन्न संस्थाहरु सम्मानित भएका छन।

यश अवसरमा प्रत्येक ग्राहकलाई स्क्रयाच कुपनमार्फत् हात खाली नजाने गरी सुटपिस, कोट पिस, पाइन्ट पिस, ज्वारीकोट पिस, कुर्ता पिस, भित्ते घडी, ब्राण्डेड मोजा, दौरा-सुरुवाल र नगद रु. २०० देखि १ हजारसम्मको गिफ्ट भौचरको व्यवस्था गरिएको जानकारी गराए।