मल दिन नसकिने अवस्था रहेपनि ‘आउँदैछ’ भनेर बोल्नुपर्ने बाध्यता रहेको, मन्त्री अधिकारी


कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मल दिन नसकिने अवस्था रहेपनि ‘आउँदैछ’ भनेर बोल्नुपर्ने बाध्यता रहेको स्वीकारे। ‘किसानलाई समयमा पुर्‍याउन सम्भावनै छैन। तर चिन्ता नगर्नुस्, आउँछ भन्नैपर्छ’ उनले भने।

बिहिबार आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा मन्त्री अधिकारीले जो मान्छे मन्त्री भएपनि मलको हाहाकार सधैँ भइरहने बताएका हुन्। किसानहरुले समयमै मल नपाउने समस्या सधैँभरी रहिरने आशय व्यक्त गरेका छन्।

बजारमा मलको माग वार्षिक १३ लाख टनसम्म रहेपनि मागको एक चौथाई मात्रै आयात हुन सकिरहेको स्वीकार गर्दै उनले किसानलाई समयमै मल दिन नसकिने बताए।

गतवर्ष कृषि मन्त्रालयलाई मल खरिदका लागि २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएकोमा उक्त बजेटले जम्मा साढे ४ लाख टनमात्र मल ल्याउन सकिने उनको भनाइ छ।

‘मलको हाहाकार छ, यो हुन्छ, जो मन्त्री भएपनि हुन्छ’ उनले भने, ‘गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो। जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन।’

मल दिन नसकिने अवस्था रहेपनि ‘आउँदैछ’ भनेर बोल्नुपर्ने बाध्यता रहेको स्वीकारे।‘ किसानलाई समयमा पुर्‍याउन सम्भावनै छैन। तर चिन्ता नगर्नुस्, आउँछ भन्नैपर्छ’ उनले भने।