
काठमाडौँ। यस साताको चौथो कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार आएको छ।
उक्त दिन बजार २.५५ अंकले बढेर २६०३.०८ को विन्दुमा कायम भएको हो।
आज ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
शेयर बजारमा सुधार देखिए पनि कारोबार रकम भने लगातार खुम्चिएको छ।
यस दिन ७ उपसूचक राताम्य भएका छन् भने ६ उपसूचकमा छिनो सुधार देखिएको हो।
आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ।
आज सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ।
कम्पनीको ५३ करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ३६ करोड १६ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ भने राधी विद्युत् कम्पनीको २४ करोड ८९ लाख ३८ हजार रुपैंया, सानिमा माई हाइड्रोपावरको २० करोड २० लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।