माछापुच्छ्रे बैंकले गर्यो सेन्ट जेभियर्स कलेजको  ‘एसएक्ससी स्यान्डबक्स’लाई प्रायोजन 


काठमाडौं। माछापुच्छ्रे बैंकले सेन्ट जेभियर्स कलेजको आन्तरिक कार्यक्रम ‘एसएक्ससी स्यान्डबक्स’लाई प्रायोजन गरेको छ । 

बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनअन्तर्गत विद्यार्थीको क्षमता अभिवृद्धिका लागि सेन्ट जेभियर्स कलेजसँग साझेदारी गरेको हो । 
‘एसएक्ससी स्यान्डबक्स’ एक आईटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको  ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो । 

सहभागीहरूलाई सूचना तथा  प्रविधि सम्बन्धी  कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । 

माछापुच्छ्रे बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाका लागि बैंकले आफ्नै निगरानीमा राखी काम गराउने छ।

विभित्र आन्तरिक तथा ग्राहकमुखी इन्नोभेसन सम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्नेछ । जसले गर्दा बैंकले आईटी विषय लिई अध्ययनरत विद्यार्थीलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भूमिका खेल्न मद्दत गर्दछ । 
यस प्रकारको सम्झौताले माछापुच्छ्रे बैंक र सेन्ट जेभियर्स कलेजको सम्बन्धमा नयाँ आयाम थपिएको बैंकको भनाइ छ ।