
कतार। गोरखा सेवा समाज कतारले गोरखाको सहिद लखन गाँउपालिकाकि श्रमिक काउन्सिलर सीता दुवाडीको साथ भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
गोरखा सेवा समाज कतारको १३ औ अधिवेशनबाट निर्वाचित अध्यक्ष विकास श्रेष्ठ र वहाँको टिमको सम्पुर्ण कार्यसमितिहरुद्वारा नेपाली राजदुतावास दोहा कतारमा कार्यरत श्रमिक काउन्सिलर सीता दुवाडीको साथमा स्वागत तथा भेटघाट र सम्मान गरिएको छ।
शुक्रवारको दिन कर्नेश स्थित समुन्द्रिक तटीय क्षेत्रमा डुङ्गामा शयर गर्दै एक औपचारिक कार्यक्रमको आयोजना गरि नव निर्वाचित अध्यक्ष बिकास श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त स्वागत तथा भेटघाट र सम्मान कार्यक्रममा गोरखा सेवा समाज कतारको प्रमुख संरक्षक श्रीकृष्ण भट्टराई, संरक्षकहरु बुधबल गुरुङ, राकेश श्रेष्ठ र संस्थाकै प्रमुख सल्लाहकार ओमराज गुरुङले नेपाली नियोगका श्रमिक काउन्सिलर सीता दुवाडीलाई खादा र सम्मान पत्रको साथमा दोसल्ला ओडाएर स्वागत तथा सम्मान गरिएको थियो।
श्रमिक काउन्सिलर सीता दुवाडीले “आफू पनि एक गोर्खालीकी चेली” भएकोले आफ्नो जिल्लाका विभिन्न भु-भागका दाजुभाइ दिदिबहिनीहरुलाई परदेशमा यो व्यस्त समयमा पनि यसरी एकै ठाउँमा भेट्न र परिचय गर्न पाउँदा म आफु आफ्नै जिल्ला र ओल्लो पल्लो गाउँघरमा पुगिरहेको र आफ्नो बाल्यकालको याद दिलाइ दिएको आभास व्यक्त गर्दै खुशी व्यक्त गरिन्,
उनले थप अगाडि मन्तव्य दिदै भनिन् हामीमा कैँयौ दु:ख, समस्या र पिडाहरु सबैलाई हुन्छ नै, कतिपय दुख र समस्याहरु व्यक्त गर्न सकिने र कतिपय अव्यक्त गर्न सकिने हुन्छ।
आफूलाई नेपाल सरकारले श्रमिक काउन्सिलर प्रतिनिधिको रुपमा कतारमा खटाइएको हुँदा बिना हिच्किचावट आफ्नै मान्छे हो भन्ने सोँच राखेर तपाईंहरुलाई परेको दु:ख, पिडा, समस्या र गुनासाहरु छन् भने सहज तरिकाले मलाई राख्नु हुन सबैमा अनुरोध गर्नुभयो । वहाँले भन्नुभयो, ती जति पनि श्रमिक समस्याहरु समाधानको निम्ति सबै श्रमिकहरुमा आफुले सकेको सहयोग गर्ने बताउनु हुँदै आयोजक प्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यसमितिका सम्पुर्ण सदस्यहरु, संरक्षकहरु, सल्लाहकारहरु र गोर्खाली दाजुभाइ दिदिबहिनीहरु गरि करिब ४५ जनाको सहभागि उक्त कार्यक्रमलाई संस्थाको वरिष्ठ उपाध्यक्ष अर्जुन संग्रौलाले सहजीकरण गरिएको थियो भने संस्थाको प्रमुख संरक्षक श्रीकृष्ण भट्टराईले संस्था स्थापना गर्नुको उद्देश्य र संस्थाले गर्दै आएको कार्यहरुको बारेमा जानकारी दिदै अनाथ असायहय र गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि र वृद्ध वृद्धाहरु स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा पच्चीस लाख रुपैयाँको अक्षयकोष स्थापना गरि सहयोग कार्यलाई अगाडि बढाइ सकेको बताउनु भयो।
गोरखा जिल्लाको अस्पतालमा बिरामीहरुको सहजताको लागि बेडहरु, चियरहरु र गोरखा जिल्लाको दुर्गम गाउँमा रहेको बिधालयहरुको भवन निर्माण लागि सहयोग गरेको बताए ।
मानव सेवा आश्रम गोरखा शाखामा बन्दै गरेको नव निर्मित भवन निर्माणको लागि पाँच लाख एघार हजार एकसय एघार आर्थिक सहयोग गर्नुभयो।
कतारमा विभिन्न समस्यामा परेका श्रमिक तथा पीडितहरुको लागि सहयोग, त्यसै गरि साउदी अरबको जेलमा रहेका कुमार राना बचाउ अभियान जस्ता मानवीय कार्यमा संस्थाले सहयोगको आभियान चाल्दै उद्घार गरेको बताएका छन।
दोहाकै सामाजिक संघ संस्थाहरुको बिचमा पृथक किसिमका कार्यक्रमहरुको आयोजना गरि संस्थालाई अग्रडि स्थानमा राख्दै आएको जानकारी गराउनु भयो।
यसै गरि संस्थाले जिल्लाको पर्यटन प्रवर्द्धनको निम्ति विभिन्न अतिरिक्त कार्यक्रमहरुको आयोजना साथै सबै धर्म र संस्कृतिको सम्मान गर्दै दोहामा गोर्खाली दाजुभाइ र दिदिबहिनीहरु बिच आत्मीयता, भाइचारा र एकताबद्ध गराउनको निम्ति इद मिलान कार्यक्रम र दशै, तिहार, छ्ठ जस्ता महान चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमहरुको पनि आयोजना गर्ने गरेको बताउनु भयो ।
अन्त्यमा गोरखामा जन्मिएर, त्यँहिको माटोमा हुर्कीएर प्रवासमा रहेका साढे तीन लाख नेपाली श्रमिकहरुको सेवाको लागि नेपाल सरकारको श्रमिक काउन्सेलरको रुपमा कतारको नेपाली नियोगमा आउनु भएकी चेली सीता दुवाडीको साथमा साक्षत्कार गर्न पाउँदा अत्यान्तै खुशी लागेको र कतारमा पनि गोर्खालीहरुको शिर उच्च बनाएकोमा आभार व्यक्त गर्नु हुँदै श्रमीक काउन्सेलर सीता दुवाडी लगायत सहभागी सम्पुर्ण गोर्खालीहरुमा धन्यवाद व्यक्त गर्दै अध्यक्ष बिकास श्रेष्ठले कार्यक्रमको समापन गर्नुभयो ।