एग्री बस्तु कृषि तारा २०८२ भब्यताका साथ सम्पन्न


कपिलवस्तु जिल्लाका कृषकहरूको सम्मान र कृषि क्षेत्रको प्रवर्धन गर्ने लक्ष्यका साथ आयोजना गरिएको ‘एग्रिवस्तु कृषि तारा २०८२’बाट कृषक बहरैची केवट सम्मानित भएका छन्। लामो समय देखि कृषि पेशामा आवद्ध केबटलाई नगद १ लाख सहित सम्मान गरिएको हो।

‘कृषक देवो भवः’मूलमन्त्रलाई आत्मसाथ गर्दै दीप कुमार उपाध्याय च्यारिटेबल इनिसिएटीभले एग्रिवस्तु कोल्डस्टोरेज बुद्धभूमी १० चेतरादेइमा भएको भव्य समारोहकाबीच केवट सहित अन्य कृषकहरुपनि सम्मानित भए। यसैगरी कृष्णमोहन केबट दोस्रो हुँदै नगद ७५ हजार पुरस्कार पाउँदा कृष्णलाल भारती तेस्रो हुँदै नगद ५० हजार प्राप्त गरे। यस्तै, उत्कृष्ट महिला कृषक तर्फ दुर्गा अर्यालले अवार्ड पाउँदा विदेशबाट फर्किएर कृषिकर्म गरीरहेका बलबहादुर राना पनि नगद सहित सम्मानित भए।

यस्तै, सत्यभामा केवट, रामबहादुर थारु, सत्यनारायण थारु, बैभव प्रताप शाह र सन्तोष कुमार चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरे। सम्मानित सबैले पहिलो पटक कपिलवस्तुमा आयोजना भएको यो कार्यक्रमले आफूहरु उत्साहित भएको बताउँदै प्राप्त नगद पुरस्कार यही पेशाको बृद्धिका लागि खर्च गर्ने बताए।

मौरीविद् अनिरुद्ध नाथ शुक्लाको संयोजकत्वमा गठित ५ सदस्यीय मूल्याङ्कन समितिले प्राप्त आवेदनहरूको अध्ययन गरी क्षेत्रफल, उत्पादन, फिल्ड अनुगमन लगायताका आधारमा सम्मानित हुने ५ जना उत्कृष्ट कृषक र ५ जना सान्तवना पुरस्कार प्राप्त गर्नेहरु छानिएको एग्रीवस्तु कोल्ड स्टोरेजका प्रबन्ध निर्देशक आशिष शर्माले जानकारीदिए।

 

मूल्याङ्कन समितिमा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख राजेशओझा, कृषिवि द्खुर्सेद अहमद खाँ र नेपाल पत्रकार महासंघ, कपिलवस्तु शाखाका सहसचिव कृष्ण प्रसाद पौडेल सदस्य रहेका थिए्।

संयोजक शुक्लाले निष्पक्ष र प्रभावकारी ढङ्गले मूल्याङ्कन गरिएको

बताउँदै यस प्रतियोगिताले किसानहरूलाई प्रोत्साहन गर्ने र कृषि पेसालाई थप सम्मानित बनाउने विश्वास व्यक्त गरे।

कृषिपेशा गरेर केहीहुँदैन भन्ने नकारात्मक सोच समाजमा अझैपनि व्याप्त रहेको भन्दै शर्माले यो कार्यक्रमले यस्तो भाष्यलाई चिर्न महत्त्वपूर्ण भूमिका खेल्ने र समाजमा सकारात्मक सन्देश प्रवाहगर्ने विश्वास व्यक्तगर्दै आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए। कार्यक्रममा कलाकार जितु नेपाल मुन्द्रेको बेजोड प्रस्तुतीका साथै गणेश बन्दना र थारु नाँचले माहोल रमाईलो बनाएको थियो।