मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ ।
स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ ।
ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ ।
आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।
दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापार व्यवसायमा सामान्य फाइदा भएपनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।
पढाई लेखाईमा प्रगति हुनेछ, प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ ।
ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ।
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शत्रु र रोगबाट छुट्कारा मिल्ने समय छ ।
स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला ।
छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ ।
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् ।
बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ ।
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।
चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ ।
वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको सफलताले उत्साह जगाउनेछ ।
बोलीको माध्यमले लाभ उठाउन सकिनेछ ।
प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् ।
उपलब्धिले थप उत्साह जगाउनेछ ।
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ ।
साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन आयआर्जन राम्रै हुनेछ ।
अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।
रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ ।
पुरानो समस्याले केहि झमेला आइ लाग्ने सम्भावना छ ।
दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ ।
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।
यात्रामा विशेष लाभ होला ।
परिस्थितिसँग सम्झौता गर्नुपरेपनि प्रतिष्ठा जोगाउन सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् ।
सहयोगीहरूको भर नपर्नुहोला ।
प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ ।
स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।
परिवारजनसँग आत्मीयता बढ्नेछ ।
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।
कामको तारिफ हुनाले उत्साह बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मेहनत एवम् परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ ।
घरायसी काम बन्नेछन् ।
परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ ।
सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् ।
केहि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।
सोचेको काम पनि नबन्न सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ ।
साथ दिनेहरू बढ्नेछन् ।
आयआर्जनका स्रोत बढ्नेछन् ।
व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
विभिन्न सहयोग र उपहार पाइनेछ ।
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ ।
ईच्छा शक्ति बढ्नेछ, लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अधिकारका लागि केहि संघर्ष हुन सक्छ ।
प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् ।
व्यावसायिक काममा खर्च बढ्नेछ ।
अर्थ अभाव खड्किएपनि चिताएको काम सम्पादन गर्न सकिनेछ ।
दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ ।
चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ ।
मनमा डर लागेपनि विभिन्न अवसरले पछ्याउने छन् ।
तार्किक क्षमता एवम् बोलीको प्रभाव बढ्नेछ ।
आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ ।
प्रतिस्पर्धीलाई हराउन सकिनेछ ।