काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्थापनाको ५९औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५८ वर्ष पार गरेर ५९ वर्षमा प्रवेश गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० किरण कुमार श्रेष्ठले आरबीबीले इतिहासिक सफलता हासिल गरेको बताएका छन् । बैंकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय वाणिज्य बैंकले ऐतिहासिक रुपमा सरकारलाई लाभांश दिन सक्षम भएको जानकारी दिए ।
उनले आर्थिक वर्ष २०७५।२०७६ देखि आरबीबीले सरकारलाई नियमित लाभांश दिइरहेको बताएका हुन् । २०२२ साल माघ १० गते सरकारको पूर्ण स्वमित्वमा स्थापना भएको आरबीबी देशकै अग्रणी बैकको रुपमा रहेको छ र आम नेपाली नागरिकहरुलाई बैंकिङ शिक्षा दिने देखि देशको अर्थतन्त्र उकास्ने सम्मको योगदान राष्ट्रिय वाणिज्य बैंक नै रहेको धारणा राखे ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पदार्पण गर्दैगर्दा अर्थतन्त्र एवं समग्र बैंकिंग क्षेत्रमा आशाका संकेतहरु देखिन थालेका छन् । बैंकिंग क्षेत्रमा निक्षेपको वृद्धि सन्तोषजनक रहेको, तरलताको अवस्था सहज बन्दै गरेको साथै व्याजदर घट्दो क्रममा रहेकोले कर्जा विस्तारको संभावना प्रबल बन्दैगईरहेको छ । सन् २०२३ को डिसेम्बर सम्ममा वाह्य पर्यटकहरुको आगमन उल्लेख्य वृद्धि भएको आंकडाहरुले देखाएका छन् । यसबाट पर्यटन क्षेत्रमा आयआर्जन, रोजगारी एवं आर्थिक गतिविधिहरु वृद्धि भएसंगै बैंकहरुले यस क्षेत्रमा गर्ने लगानीको संभावना बढ्दै गएको छ ।
त्यसैगरी अर्थतन्त्रको वाह्य क्षेत्रका प्रमुख चरहरु जस्तै विप्रेषण आप्रवाह एवं बाह्य पर्यटकहरुको वृद्धिसंगै अर्थतन्त्र थप गतिशीलभई सकारात्मक दिशामा अगाडि बढ्ने अपेक्षा मौद्रिक नीतिको समीक्षामा उल्लेखित रहेको छ । अर्कोतर्फ आन्तरिक आर्थिक गतिविधिलाई बैंकिंग क्षेत्रमार्फत थप सबल बनाउन नेपाल राष्ट्र बैंकले चालु पुजी कर्जासम्बन्धी मार्गदर्शनलाई थप लचिलो बनाएको, आवासीय घर कर्जाको सीमा वृद्धि गरेको, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थालाई खुकुलो बनाउने विस्तारकारी नीतिगत व्यवस्थाका कारण बैंकिंग क्षेत्रबाट कर्जा प्रवाह क्रमश वृद्धिहुदै जाने अपेक्षा गर्न सकिन्छ । त्यसैगरी कर्णाली र सुदुरपश्चिम प्रदेशमा केही समय अघि गएको भुकम्पबाट प्रभावित सरचनाहरुको पुर्ननिर्माणमा जोड दिन सकेमा यसबाट आर्थिक गतिविधि थप चलायमानहुने देखिन्छ । यी नीतिगत एवं कार्यगत व्यवस्थाहरुको सकारात्मक प्रभाव मार्फत अर्थतन्त्र थप चलायमान हुने एवं बैंकको समग्र व्यवसाय विस्तार भई बैंकिंग क्षेत्रका महत्वपुर्ण सुचकहरु जस्तै निक्षेप, कर्जा, नाफा एवं घट्दो खराब कर्जा अनुपात आदि सवल बन्ने आशा जगाएको छ ।