
आज मिति २०८२/०२/२९ (१२ जुन) गतेका दिनको मनसुन प्रणाली, कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वीक्षेत्रका थोरै भू-भागमा (चित्रमा देखाईए अनुसार) प्रवेश गरेको छ ।
नेपालमा मनसनु भित्रिने सरदर मिति जनु १३ हो। यसवर्षको मनसनु सरदर मिति भन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ । नेपालका अन्य भूभागहरुमा मनसनुको भाव विस्तार हुन अझैकेही समयमा लाग्ने देखिन्छ।
हाल देशको बाँकी भूभागमा भने पश्चिमी वायू र स्थानीय वायूको प्रभाव यथावत रहेको देखिन्छ।
मौसम पूर्वानूमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनगुमन गरिरहेको छ र सोही अनसुार नियमितरुपमा मौसम सचूना अध्यावधिक गर्दै जानेछ।
तसर्थ सबैलाई अध्यावधिक मौसम सचूनाको जानकार लिन हुन अनुरोध छ।
नेपालमा यस वर्षको र मनसुनको आगमन मिति २०८२/०२/१५ गते ( सन् २०२५ मे २९ तारिख ) कोशी प्रदेशबाट भएको थियो।
नेपालको बाँकी भू-भागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने सम्भावना रहेको छ।