‘चौथो ब्राइट फ्युचर एसईई कप फुटसल २०८२’ भोलिदेखि ललितपुरमा हुँदै


ललितपुर। ब्राइट फ्युचर सेकेण्डरी स्कूल तथा कलेजको आयोजनामा शुक्रबार ‘चौथो ब्राइट फ्युचर एसईई कप फुटसल-२०८२’ आयोजना हुँदैछ।

ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठीस्थित Wakhat Sunakothi Futsal मा शुक्रबार बिहान ८:०० बजेदेखि आयोजना हुनेछ।

उक्त फुटसल प्रतियोगिताको विजेताले ३० हजार, उप-विजेताले १५ हजार, तेस्रोले ७ हजार र चौथो हुनेले ३ हजार नगदसहिद ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ताले ट्रफी, प्रमाण-पत्र साथै विशेष पुरस्कार पाउने छन् । उक्त प्रतियोगिता नकआउटका आधारमा हुनेछ ।

त्यस्तै, भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जगतमा सहयोग पु-याउने उद्देश्यले उत्कृष्ट १० जना खेलाडीहरुलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति उपलब्ध गराउने कलेजका प्रमुख किशोर अधिकारीले बताए।

यसैगरी, उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरू कक्षा ११ मा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने अधिकारीले बताए ।