
ग्रामीण विकास प्रशासन (RDA)का उपप्रशासक डा. ह्योवोन सेओ र कोरियाको प्रतिनिधिमण्डलका साथै कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र नेपालस्थित कोरियाली दूतावासले मे २९ (बिहीबार) मा कोपिया नेपाल केन्द्रको उद्घघाटन सम्पन्न भयो।
कोपिया (कृषिको नवप्रवर्तनको लागि कोरियाली साझेदारी): दक्षिण कोरियाको ग्रामीण विकास प्रशासनद्वारा आयोजित अन्तर्राष्ट्रिय विकास सहयोग परियोजना र यसले एसियाका १७ विकासशील देशहरूमा अनुकूलित कृषि प्रविधिको विकास र प्रसार मार्फत कृषि उत्पादकत्व सुधार गर्ने र साना किसानहरूको आय वृद्धि गर्ने लक्ष्य राखेको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (NARC) का कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद तिम्सिनाले यस कोपियाबाट अनुसन्धानकर्ताहरू र कृषकलाई फाइदाजनक हुनेछ र नेपालस्थित कोरियाली दूतावास, ग्रामीण विकास प्रशासन (RDA), कोईका नेपाल कोरियाको प्रतिनिधिमण्डल उद्घघाटन मनाउन आयोजित कार्यक्रममा शुभकामना ब्यक्तगर्नुभयो।
नेपालस्थित कोरियाली दूतावास, कोईका नेपाल, ग्रामीण विकास प्रशासन (RDA) का उपप्रशासक डा. ह्योवोन सेओ, कोरियाको प्रतिनिधिमण्डलका साथै कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र नेपाल कृषि अनुसन्धान परिषद् (NARC) का कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद तिम्सिना र नेपाल सरकारी अधिकारीहरू, सन्चारकर्मि र अनुसन्धानकर्ताहरू कोपिया नेपाल केन्द्रको आधिकारिक उद्घघाटन मनाउन आयोजित कार्यक्रममा उपस्थित भएका थिए।
कोपिया नेपाल केन्द्रले भविष्यमा धान र आलु उत्पादकत्व विकासमा पहिलो पटक परियोजनाहरू सुरु गर्ने र NARC सँग चरणबद्ध रूपमा आफ्नो सहयोग क्षेत्र विस्तार गर्ने योजना बनाएको छ।