काठमाडौँ । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ।
आज नेप्से परिसूचक ९ दशमलव ५० अङ्कले बढेर २ हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो।
आज ३ सय १ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९ सय ४६ कित्ता शेयर ९२ हजार ६ सय २ पटक खरिदबिक्री हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७ सय ८९ बराबरको कारोबार भएका छन्।
आज विकास बैंक समूह शून्य ० दशमलव ४४, वित्त ० दशमलव १०, होटल तथा पर्यटन समूह ० दशमलव ८४ र जलविद्युत् समूह ० दशमलव ५० प्रतिशतले घटेको छ।
त्यस्तै लगानी समूह ० दशमलव ६३, जीवन बीमा समूह ० दशमलव २५ र निर्जीवन बीमा समूह ० दशमलव १३ प्रतिशतले बढेको छ। अरु समूहको उपसूचक भने बढेको छ।
बैंकिङ र उत्पादन तथा प्रशोधन समूह समान १ दशमलव १२, लघुवित्त समूह १ दशमलव ०२, म्युचुअल फन्ड समूह ० दशमलव ०३, व्यापार समूह ० दशमलव ०१ र अन्य समूह २ दशमलव २१ प्रतिशतले बढेको छ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै घट्नेमा भने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ५ दशमलव ९५ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ३२ करोड ७८ लाख ९१ हजार ६ सय १३ बराबरको ६ लाख ३४ हजार ५ सय ९३ कित्ता शेयर कारोबार भएको छ।