सार्वजनिक सवारी आन्दोलनमा


काठमाडौं । यातायात व्यवसायीहरूले भोलि (सोमबार) सबै सार्वजनिक सवारी ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबार विज्ञप्ति जारी गदै चेतावनी दिएको हो ।

गण्डकी प्रदेश सरकाररले ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा आइतबार सार्वजनिक यातायात बन्द गरेका छन् । यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकामा व्यवसायी आएका थिएनन् । ‘आजसम्म पनि नेपाल सरकारले सुनुवाइ नगरेको हुँदा बाध्य भई हाम्रा सवारीसाधन मिति २०८२/२/१९ गतेदेखि घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएकोले यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा बन्दले आमउपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाइदिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।