
काठमाडौं। टोखा नगरपालिकाले आज ५३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न गरेको छ । टोखा ९ को घले पुलदेखि मनोरथ तिर्थधामसम्मको क्षत्रमा खोला र करिडोर सडक सफा गरेको छ।
सफाईकर्मीहरुले पिपिई सेट लगाएर खोलामा छिरेर सफा गर्दै आएका छन् भने अभियन्ता र सशस्त्र प्रहरिले करिडोर क्षेत्रको सफाई गर्दै आएका छन्।
टोखाको सफाई अभियानमा निरन्तर रूपमा लाग्ने भूतपूर्व प्रहरि संगठन, सशस्त्र प्रहरि बल, जनप्रतिनिधिहरु, स्थानीयबासी, कर्मचारी, नगर प्रहरि, लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भ, लायन्स क्लव आर्शिवाद, फोहोर संकलन कम्पनीका सफाईकर्मीहरु लगायतका टिमले निरन्तर रूपमा सफाई कार्यक्रममा सहभागीता जनाउँदै आएका छन्।
काठमाडौं नगरपालिका, तारकेश्वर नगरपालिका लगायतले बजेट विनियोजन गरेर कर्मचारी राखी सफाई कार्यक्रम सञ्चालन गरेता पनि टोखा नगरपालिकाले श्रमदानमा सफाई कार्यक्रम गर्दै आएको छ।