कृषि क्षेत्रमा अफासीले एशियाली राष्ट्रहरु वीच कृषि र खाद्य सुरक्षाको क्षेत्रमा सहकार्य ,नविनतम प्रविधि आदानप्रदान महत्वपुर्ण छ: मन्त्री अधिकारी


काठमाडौं। अफासीले एशियाली राष्ट्रहरु वीच कृषि र खाद्य सुरक्षाको क्षेत्रमा सहकार्य, नविनतम प्रविधि र आपसी ज्ञानको आदानप्रदान गर्न महत्वपुर्ण मञ्चको रुपमा काम गरेको छ।

आज काठमाडौंमा एशियाली राष्ट्रहरुको खाध तथा कृषि सहकार्य (अफासी) को ७ औं साधरणसभालाई कृषि तथा पश्पन्छी विकास मन्त्री रामनाथ अधिकारीले सम्वोधन गर्ननुभएको छ ।

कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले साझा प्रयासले मात्र जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामिण जीविका जस्ता चुनौतीहरुको सामना गर्न सकिने वताउनुभएको छ ।

आज काठमाडौंमा एशियाली राष्ट्रहरुको खाध तथा कृषि सहकार्य (अफासी) को ७ औं साधरणसभालाई सम्वोधन गर्दे मन्त्री अधिकारीले अफासीले एशियाली राष्ट्रहरु वीच कृषि र खाद्य सुरक्षाको क्षेत्रमा सहकार्य, नविनतम प्रविधि र आपसी ज्ञानको आदानप्रदान गर्न महत्वपुर्ण मञ्चको रुपमा काम गरेको उल्लेख गर्दे सदस्य राष्ट्रहरु वीचको सहकार्य मार्फत कृषि रुपान्तरणका लागि नयाँ अवसरहरु सृजना गर्न सकिनेमा जोड दिनुभयो ।

कृषि अनुसन्धानलाई सुदृढ बनाउन, दिगो खेतीपातीको अभ्यासलाई प्रवद्र्धन गर्न र क्षेत्रीय खाद्य प्रणालीलाई सुधार गर्न अपरिहार्य रहेको र यसका लागि अफासीले मञ्चको रुपमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

एशियाली राष्ट्रहरुको खाध तथा कृषि सहकार्य (अफासी) को ७ औं साधरणसभा (28-31 May 2025.) काठमाडौंमा अफासीका 17 सदस्य राष्ट्रका प्रतिनीधिहरुको सहभागिता रहेको छ ।

तीन /तीन वर्षमा आयोजना हुने आगामी साधरण सभा इन्डोनेसियामा आयोजना हुने निर्णय भएको नेपाल कृषि अनुसन्धान परिषद( नार्क) का कार्यकारी निर्देशक कृष्ण तिमिल्सीनाले जानकारी दिनुभयो ।