

उहाँ यसअघि नार्क अन्तर्गतको राष्ट्रिय कृषि निति अनुसन्धान केन्द्रको प्रमुखको जिम्बेवारीमा हुनुहुन्थ्यो।
कृषि अर्थशास्त्रका विभिन्न बिधामा बिगत २० वर्ष भन्दा बढि अनुसन्धान र विकासको अनुभव डा. तिम्सिनालाई छ।
उहाँले थाईल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २०१५ मा विध्याबारिधि गर्नुभएको थियो भने Endeavour र Fulbright छात्रवृत्ति जस्ता वैश्विक प्रतिस्पर्धाबाट छनौट भई विद्यावारिधिपछिको अनुसन्धान (post-doc) अष्ट्रेलियाको चार्ल्स स्टर्ट युनिभर्सिटी र अमेरिकाको न्यु मेक्सिको स्टेट युनिभर्सिटीबाट गर्नु भएको थियो।
उहाँको यो शैक्षिक र अनुसन्धानको अनुभवले पक्कै पनि नार्कलाई एउटा उचाईमा पुर्याउने छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तिमिल्सिनालाई परिषद्को कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो।