
दीगो बिकास लक्ष्यको सूचक 5.0.1 सम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजा सार्वजनिक गरिएको छ।
वि।सं। २०१८ सालदेखि हरेक दश(दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय ९साविकको केन्द्रीय तथ्याङ्क विभाग। ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ बैशाख ६ देखि जेठ १९ सम्म सातौँ सङ्कलन कार्य सम्पन्न गरेको थियो ।
तीनै तहका सरकारहरुलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क उपलब्ध गराउने उद्देश्य सहित “कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार” मूलनाराका साथ सञ्चालित राष्ट्रिय कृषिगणना २०७८ संघीयतापछिको पहिलो कृषिगणना भएको छ। विगतका कृषिगणनाहरुमा जिल्लास्तर सम्मका कृषि तथ्याङ्क मात्र प्रकाशन हुँदै आएकोमा यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क सङ्कलन गरी प्रकाशन गरिएको छ। मूलतः संरचनागत तथ्याङ्कहरुमा आधारित कृषिगणनाका बिभिन्न तहका नतिजाहरु समावेस भएका प्रकाशनहरु यस अघि प्रकाशन भईसकेका छन्। बिगतदेखि नै नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ। यस कृषिगणनाको नतिजाले ६२ प्रतिशत घरपरिवार कृषिकार्यमा संलग्न रहेको र यी मध्ये ३२ प्रतिशत घरपरिवारको मूली कृषक महिला रहेको देखाएको छ।
नेपालमा जिविकोपार्जनको माध्यमका साथै सम्पत्तिको महत्वपूर्ण हिस्साको रुपमा कृषि जग्गाको महत्वपूर्ण योगदान रहेको छ। खेतीपातीको अतिरिक्त लगानी वा ऋणको जमानत वा धितोका साथै परिवारको दैनिक आवश्यकता पूर्तिको माध्यमको रुपमा कृषि जग्गाको भूमिका ठूलो रहेको छ। यस सन्दर्भमा कृषि जनसंख्याको समग्र उत्थानका साथै बिशेष गरी महिलाको सशक्तिकरणमा कृषि जग्गाको पहुँच वा स्वामित्वको अवस्थाले महत्वपूर्ण योगदान गर्दछ। तर बिश्वका धेरै मुलुकहरुमा कृषि लगायत अन्य जग्गामा लैङ्गिक स्वामित्वको अवस्था असमान रहेको छ। यस मामलामा नेपाल पनि अछुतो रहेको छैन। यससम्बन्धी संयुक्त राष्ट्र संघले ग्रहण गरेका दीगो बिकास लक्ष्यको प्राप्तिका लागि नेपालले पनि प्रतिबद्धता जनाएको छ।
यसर्थ कृषि जग्गाको स्वामित्वमा रहेको पुरुष र महिला बिचको असमानताको सुक्ष्म अनुगमन गर्नु अति बाञ्छनिय हुने तथ्यलाई आत्मासाथ गर्दै राष्ट्रिय कृषिगणना २०७८ मा पहिलो पटक यससम्बन्धी विवरणहरु संकलन गरी तल प्रस्तुत नतिजाहरु प्रकाशन गरिएको छ।
दीगो बिकास लक्ष्यको सूचक छ।ब।ज्ञ सम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त प्रमुख नतिजाहरु यसप्रकार छन्(
९१० राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाले कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने बयस्क कृषि जनसंख्या ९१८ बर्ष वा सोभन्दा माथि० को प्रतिशत ३१।४ रहेको देखाएको छ । प्रदेशगत रुपमा हेर्दा यो प्रतिशत सबैभन्दा बढी ९३४।६० गण्डकी प्रदेशमा र सबैभन्दा कम ९२९० कर्णाली प्रदेशमा रहेको छ।
९२० लैङ्किक विश्लेषणको दृष्टिकोणले कृषक परिवारमा रहेका कूल बयस्क पुरुष मध्ये ४२।९ प्रतिशत बयस्क पुरुषको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित रहेको देखिएको छ भने बयस्क महिलाको हकमा यो प्रतिशत २०।८ मात्र रहेको छ । प्रदेशगत रुपमा हेर्दा बयस्क पुरुषको यो प्रतिशत सबैभन्दा बढी ९४७।६० बागमती प्रदेशमा र सबैभन्दा कम ९४०।१० मधेश प्रदेशमा रहेको छ भने बयस्क महिलाको हकमा यो प्रतिशत सबैभन्दा बढी ९२४।२० गण्डकी प्रदेशमा र सबैभन्दा कम ९१६।३० कर्णाली प्रदेशमा रहेको छ।
९३० कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने नेपालको जम्मा कृषि जनसंख्यामा महिलाको हिस्सा ३४।४ प्रतिशत रहेको यो कृषिगणनाले देखाएको छ। प्रदेशगत रुपमा हेर्दा यो प्रतिशत सबैभन्दा बढी ९३८।५० गण्डकी प्रदेशमा र सबैभन्दा कम ९२८।७० कर्णाली प्रदेशमा रहेको छ।
अन्त्यमा, राष्ट्रिय कृषिगणना २०७८ सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्नु हुने उत्तरदाता, सञ्चारकर्मी लगायत आम जनसमुदायको उच्च सम्मान र कदर गर्दै सार्वजनिक गरिएका दिगो बिकास लक्ष्यको सूचक छ।ब।ज्ञ सम्बन्धी यी तथ्याङ्कलाई सञ्चार माध्यमबाट आम प्रयोगकर्तासम्म पुयाउन सहयोग मिल्ने अपेक्षा राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ । सरोकारवाला र
मंसिर १४, २०८०
नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय, काठमाडौं
नगल