अवसरलाई विकल्पको रुपमा रुपान्तरण गर्दै मधेशका ग्रामिण किसान


नेपालको कृषिभूमी उत्पादन गर्न नसक्ने अन्तिम अवस्थामा पुगेको भन्ने हल्ला भैरहेको बेलामा मधेश प्रदेशका कृषक समुहका किसानहरुले कृषि उत्पादान योग्य भूमिमा बद्ल्न केवल उत्साह, जागर र मेहनत मात्रै भए पुग्ने भन्ने कुरा प्रमाणित गरेर देखाएका छन्।

उनिहरुले आजसम्म सबैले गफै मात्रै गर्न सिकाए तर राष्ट्रिय कृषक समूह महासंघ, नेपालले कृषक पाठशालाको अभ्यासको माध्यमले कृषिमा कतै जलवायु मैत्री कृषि अभ्यास त कतै जर्जर भएको जमिनमा पर्यावरण जोगाउदै गाउँघरमै पाइने झारपातबाट जैविक विषादी र जैविक मल, गोठ सुधारबाट मलमुत्र संकलन र व्यवस्थापन गर्दै भर्मिकम्पोष्ट मल र भर्मिवास बनाउन सिकाउने र त्यस्को उपयोग गर्न शुन्य खनजोतको माध्यमबाट खेतिमा डब्बल उत्पादन गर्न सिकाउँन्दै आइरहेको छ।

जस्ले गर्दा खेतीबाट गुजारा नचल्ने भन्दै विदेशिएका परिवार र युवाहरुलाई पनि अवसर छ भनेर प्रमाणित गरेर देखाए सकेका छन् ।

सरकारले जहाँ कृषिभूमी त्यहाँ सिंचाई प्रविधी पुर्याउन सके खाली र बाझिएको जमिनमा उत्पादन गर्न सकिने सम्भावना देखिएको छ।

 

यिनै व्यवहारिक सिकाईको माध्यमबाटै कृषिलाई रुपान्तरण गर्न सम्भव छ भन्ने सिकाई आदान प्रदान गर्न सकिने सम्भावना देखिएको छ।

राष्ट्रिय कृषक समूह महासंघ, नेपालले कृषक पाठशालाको अभ्यासको माध्यमले कृषिमा रुपान्तरण पुस्तिका प्रकाशन गरेको छ, आवश्यक भएमा  राष्ट्रिय कृषक समूह महासंघमा सम्पर्क गर्नुहोला।