विश्व स्वास्थ्य सम्मेलनमा नेपालका ४ बुँदाहरुमा विश्व समुदायको ध्यानाकर्षण


स्वीट्जरल्याण्डको जेनेभामा जारी विश्व स्वास्थ्य संगठनको ७८ औं सम्मेलनका क्रममा नेपालका तर्फबाट निम्न प्रमुख बुँदाहरुमा विश्व समुदायको ध्यानाकर्षण गराएका छ:

१) नेपालले आम नागरिकको स्वास्थ्य पहुँचका क्षेत्रमा गरिरहेका प्रयासहरु र चुनौती,

२) मातृशिशु मृत्युदर नियन्त्रण, पोलियो उन्मुलन तथा क्यान्सरविरुद्ध सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका दिशातर्फ नेपालले प्राप्त गरेको सफलता,

३) हाम्रा नयाँ स्वास्थ्य चुनौतीहरु : बढ्दो वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाईसराई तथा नसर्ने र मानसिक रोगसँग जुध्दै स्वास्थ्य सेवा पहुँच विस्तार गर्न नेपालले गरिरहेको प्रयासमा विश्व्यापी सहकार्यको आवश्यकता,

४) जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेका प्रभावबारे हालै सगरमाथा सम्वादमार्फत विश्वको ध्यान आकर्षण गराएका छौं ।

यससँगै विभिन्न महामारीहरुको नवीन समाधानको खोजीमा विश्व स्वास्थ्य संगठनको पहिलेभन्दा अझ महत्वपूर्ण भूमिका छ ।

पछिल्लो दुई दशकमा नेपालले प्राप्त गरेको महत्वपूर्ण उपलब्धिहरु:

”नियमित कार्यक्रमहरु, निःशुल्क सूत्केरी सेवा, गर्भवती जाँच सेवा, शल्यक्रिया सहितको सूत्केरी सेवा, निःशुल्क आमा सुरक्षा कार्यक्रम, खोप, पोषण तथा यातायात खर्च समेत प्रदान गरी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातृ तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण सेवा उपलब्ध गराउँदै आएको छ ।

बालबालिकाको स्वास्थ्य उपचार सेवा मात्र नभएर हामी उनीहरुको निरोधात्मक क्षमता वृद्धिका लागि समेत प्रयत्नशील छ ।

यसै सन्दर्भमा जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी हामीले स्वीकृत गरेको नवजात शिशुको श्रवण स्क्रिनिङ, निर्देशिका २०८१ कार्यान्वयन चरणमा छ।

यस निर्देशिका अनुसार सुत्केरी सेवा दिने सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा नवजात शिशुहरुमा श्रवणसम्बन्धी समस्या भए नभएको परीक्षण गर्नेछन् । यसअनुसार नवजात शिशुहरुको जन्मजात सुन्न नसक्ने अपांगता धेरै हदसम्म रोक्न सकिने छ ।

पछिल्लो दुई दशकमा नेपालले प्राप्त गरेको मातृ मृत्यु दर ७१ प्रतिशत भन्दा बढीले र नवजात शिशुको मृत्युदर करिब ६० प्रतिशतले घटाउने गरी प्राप्त महत्वपूर्ण उपलब्धि छ ।

नेपालले प्राप्त गरेको स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण सेवा हासिल गर्न योगदान गर्नुहुने सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, समस्त स्वास्थ्यकर्मी र सेवाप्रदायकप्रति हार्दिक आभार छ।”