धादिङको निरञ्जनामा जेठ ९ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता २०८२ ’ हुने


धादिङ। धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा रहेको श्री निरञ्जना माध्यमिक विद्यालयमा जेठ ९ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता – २०८२ ’ हुने भएको छ ।

धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षण तथा श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजनमा हुने प्रतियोगिताको आयोजक मार्पाक सामुदायिक क्लब ( CCM ) तथा सह–आयोजक श्री निरञ्जना एसइई ब्याच २०५६ रहेको छ, भने प्रायोजकमा चन्द्र ब. – बुनादेवी अधिकारी अक्षयकोष समिति रहेको छ । पाँचौ संस्करणमा पनि नेत्रावती डबजोङ्ग गाउँपालिकाभरिका विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी हुन सक्नेछन् ।

त्यसैगरी, प्रतियोगितामा प्रथम, द्दितिय र तृतिय हुनेले नगद सहित ट्रफी, मेडल र प्रमाण – पत्र प्राप्त गर्ने छन् । साथै चौथो र पाँचौ हुने ३ जनालाई पनि नगद र प्रमाण – पत्र तथा छैटौँ हुने ४ जनालाई पनि आकर्षक उपहार र प्रमाण – पत्र प्रदान गरिने छ, भने सान्त्वना हुने बाँकी सबै जनालाई सहभागिताको पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक तथा मार्पाक सामुदायिक क्लब ( CCM ) का महासचिव काजिराम अधिकारीले जानकारी दिए ।

त्यस्तै, उक्त प्रतियोगिताको टि.भि. पार्टनरमा दिब्य दर्शन टेलिभिजन, रेडियो पार्टनरमा निलकण्ठ एफएम, अनलाइन मिडिया पार्टनरहरुमा जन अपडेट, भिजन न्यूज नेपाल, धादिङ सञ्चार र गुल्मि बुलेटिन रहेको छ, भने प्रिन्टिङ सपोर्टमा न्यू जूम ( New Zoom ) फोटो स्टुडियो म्हेपी रहेको छ ।