मुक्तिनाथ विकास बैंकद्धारा स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रित वित्तीय साक्षरता कार्यक्रम आयोजना


मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उदेश्य उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ्ग सेवाको पहुँच, व्यवसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषय बस्तुहरुमा साक्षर गराउनु रहेको जनाएको छ।

यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीहरुको उत्साहजनक सहभागीता रहेको थियो । यस कार्यक्रममार्फत उद्यमीहरुलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ । नेपाली युवाहरुलाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ ।