हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा


हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश गरि कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रहेको छ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।