प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस


काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन आज बुुझाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा. खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले वैज्ञानिकहरुलाई प्रोत्साहन मिल्ने र मुलुकको उत्पादन तथा उत्पादकत्ववृद्धि हुने अनुसन्धान र परिणाम दिने कामका केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गर्नुभयो।

सो अवसरमा सो लोक सेवा आयोगका सदस्य वीरबहादुर राई, प्रतिष्ठानका सदस्यसचिव डा. रविन्द्र प्रसाद ढकाललगायत सहभागी हुनुुहुुन्थ्यो।