बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजद्दारा आयोजित ‘नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम’ सम्पन्न  


काठमाडौं। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले पहिलोपटक स्वरोजगार ट्याक्सी व्यवसायी तथा उनीहरुको परिवारलाई लक्षित गर्दै ‘नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम २०८२’ सम्पन्न भएको छ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा २ सय २५ जनाले चेकजाँच गराएका थिए, भने जसमा १०/१५ जना वृद्ध, २०/२५ जना बालबालिका तथा युवाहरु र अरु सबै स्वरोजगार चालकहरुले आफ्नो स्वास्थ्य जाँच गराएको समाजका केन्द्रीय अध्यक्ष दिपक नेपालले बताए।

ललितपुरको सानेपामा रहेको मेघा अस्पतालसँगको सहकार्यमा आज बिहान ०८:४० बजेदेखि दिउँसो ०२:२० बजेसम्म काठमाडौंको नागार्जुन नगरपालिका-४, बाफलस्थित बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजको कार्यालयमा उक्त नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो।

उपत्यकामा संचालित स्वरोजगार ट्याक्सी व्यवसायी तथा चालकहरुको स्वास्थ्यलाई मध्ये नजर गर्दै १ दिने स्वास्थ्य शिविर गरिएको समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बाबुकाजी श्रेष्ठले बताए।

उक्त नि:शुल्क स्वास्थ्य शिविरमा रक्तचाप, मधुमेह रोग, हाडजोर्नी तथा नशा, जनरल फिजिसियन, भिडियो एक्सरे, इ.सी.जी., दन्त रोगलगायतका विभिन्न रोग सम्बन्धिका चिकित्सकद्दारा चेकजाँच गराइएको थियो।