सरकार र शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शुरु


काठमाडौँ- शिक्षा मन्त्रालयमा आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शुरु भएको छ।

शिक्षा मन्त्रालयका पदाधिकारी र शिक्षक प्रतिनिधिबिच मन्त्रालयमा केहीबेर अघिबाट वार्ता शुरु भएको हो।

वार्तामा जानु अघि शिक्षक महासंघले आन्तरिक छलफल गरेको थियो।

आन्तरिक छलफलपछि वार्तामा प्रस्तुतहुने विषय टुङ्गो लागएर बार्तामा जाने महासंघले जनाएको थियो।

शिक्षक महासंघले वार्ता भइरहेपनि आन्दोलन जारी राख्ने निर्णय बमोजिम आन्दोलनको कार्यक्रम जारी राखेको छ।

आज पनि शिक्षकहरु सदाजस्तै सडकमा आन्दोलित रहे।

हिजो राति अबेरसम्म बार्ता भएको थियो। महासंघले सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष नानुमाया पराजुलीले बताउनुभएको छ।

शिक्षा ऐन जारी गर्नुपर्ने यस अघिका सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका ९ बुँदे माग गर्दै गत चैत २० गतेदेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ।

जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ। भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित बनेको छ।